`

अदालतमा मुद्दा सेटिङ र पत्रकार पक्राउबारे छलफलमा जुट्दै विपक्षी दलहरू

Nepal One HD १७ कार्तिक २०८३ १२:५५
बिशेष

काठमाडौं । सरकारको स्वेच्छाचारिता, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथिको प्रहारलगायत विषयमा छलफल गर्न प्रतिपक्षी दलहरूको बैठक बस्दैछ ।

बैठक केहीबेरपछि कांग्रेस संसदीय दलकाे कार्यालयमा बस्दै छ । दलका नेता भीष्मराज आङ्देम्बेको आह्वानमा प्रतिपक्षी दलहरुकाे बैठक बस्न लागेकाे हाे ।

बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बोलाइएको प्रमुख सचेतक बासना थापाले बताइन् ।

उनका अनुसार बैठकमा सरकारको जवाफदेहिता, सत्तारुढ दल रास्वपाको भूमिका, पत्रकार पक्राउ र सञ्चारमाध्यममा प्रहरी परिचालन, विभिन्न घटनाका छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने तथा निष्पक्ष अनुसन्धानको विषयमा छलफल हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *