`

नेपाल फेस्टिभलमा प्रस्तुति दिन गायिका रचना रिमाल अस्ट्रेलिया उडिन्

Nepal One HD १९ कार्तिक २०८३ १४:३९
मनोरञ्जन

काठमाडौं । लोकप्रिय गायिका रचना रिमाल अस्ट्रेलिया प्रस्थान गरेकी छन् । अस्ट्रेलियामा आयोजना हुने ‘नेपाल फेस्टिभल सिड्नी’ र ‘नेपाल फेस्टिभल तास्मानिया’ मा सांगीतिक प्रस्तुति दिन उनी बुधबार त्यसतर्फ उडेकी हुन् ।

गायिका रिमालले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो अस्ट्रेलिया यात्राको तस्बिर सार्वजनिक गर्दै दुईवटा सांगीतिक कार्यक्रममा सहभागी हुन लागेको जानकारी दिएकी छन् । उनले ‘यात्रा अस्ट्रेलियाको’ भन्दै आफ्नो उत्साहसमेत व्यक्त गरेकी छन् ।

रिमालले अस्ट्रेलियामा रहेका नेपाली दर्शक तथा शुभेच्छुकलाई दुवै कार्यक्रममा भेट्न निम्तो दिएकी छन् । ‘यात्रा अस्ट्रेलियाको, नेपाल फेस्टिभल सिड्नी र नेपाल फेस्टिभल तास्मानियामा भेटौँ है,’ उनले फेसबुकमा लेखेकी छन् ।

त्यस्तै, पछिल्लो समय नेपाली संगीत क्षेत्रमा निकै व्यस्त रहेकी रचनाका थुप्रै गीत लोकप्रिय छन् । विशेषगरी युवा पुस्तामाझ लोकप्रिय उनको स्वरका गीतले नेपालमा मात्र नभई विदेशमा रहेका नेपाली श्रोतामाझ पनि राम्रो स्थान बनाएका छन् ।

विभिन्न देशमा आयोजना हुने सांगीतिक कार्यक्रममा नेपाली कलाकारको माग बढिरहेका बेला रिमालको अस्ट्रेलिया यात्रालाई पनि प्रवासमा रहेका नेपालीमाझ आफ्नो संगीत सुनाउने अवसरका रूपमा हेरिएको छ । 

साथै, उनको प्रस्तुतिले नेपाल फेस्टिभलमा थप सांगीतिक रौनक ल्याउने अपेक्षा गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *