सुनको मूल्य एकैदिन १३ हजार ३०० रुपैयाँले बढ्यो
अर्थ समाचार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको हो।
यसअघि बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। एकैदिन भएको भारी वृद्धिले सुनको मूल्य नयाँ उचाइतर्फ पुगेको छ।
महासंघका अनुसार बिहीबार १० ग्राम सुनको मूल्य २ लाख ४७ हजार ६८५ रुपैयाँ कायम भएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ। बुधबार प्रतितोला ३ हजार ६५५ रुपैयाँ रहेको चाँदी बिहीबार बढेर ३ हजार ९२० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
त्यस्तै, १० ग्राम चाँदीको मूल्य ३ हजार ३६० रुपैयाँ ५० पैसा कायम भएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
