`

छठ पर्वमा पनि राहदानी विभाग खुला रहने

Nepal One HD २८ कार्तिक २०८३ १७:०९
प्रशासन

काठमाडौं । छठ पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिए पनि राहदानी विभाग भने खुला रहने भएको छ ।

सेवाग्राहीलाई राहदानीसम्बन्धी सेवा लिन असुविधा नहोस् भन्ने उद्देश्यले पर्वका दिन पनि नियमित सेवा सञ्चालन गर्ने निर्णय गरिएको विभागका महानिर्देशक दीपक विश्वकर्माले जानकारी दिएका छन् ।

उनका अनुसार विभागले नियमित कार्यदिनकै समयअनुसार बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सेवाग्राहीलाई सेवा उपलब्ध गराउनेछ ।

सार्वजनिक बिदाका कारण राहदानी बनाउने तथा नवीकरण गर्ने सेवाग्राही प्रभावित नहुन् भन्ने उद्देश्यले विभाग खुला राख्ने व्यवस्था गरिएको उनले बताए ।

साथै, छठ पर्व मनाउने विभागका कर्मचारीलाई भने सोमबार बिदा दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *