`

युवतीहरूलाई जबर्जस्ती नांगै नचाउने राणा बने लुम्बिनी सभापति(भिडियो)

Nepal One HD ८ मंसिर २०८३ १२:१३
नेपाली कांग्रेस

काठमाडौं । विगतमा युवतीहरूलाई नांगै नचाउँथे रोज राणा । काठमाडौंमा गुण्डागर्दी गर्थे । कतिसम्म भने उनले एकदिन आफ्नो चलचित्रमा अभिनय गर्न नमानेका ६० को दशकका चर्चित नायक निखिल उप्रेतीलाई घरबाटै उठाइदिने धम्की दिएका थिए ।

उनै राणालाई नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले लुम्बिनी प्रदेशको सभापति बनाएको छ । देउवा पत्नी आरजु राणाको छत्रछायामा परेर उनी राजनीतिमा आएका हुन् ।

छोटो समयमै लुम्बिनी प्रदेशको सांसद, मन्त्री हुँदै अहिले उनलाई देउवाले लुम्बिनीको सभापति बनाएका छन् ।

राजनीतिमा आउनुअघि उनी चलचित्र निर्माता थिए । तर, चलचित्र क्षेत्र उनको देखाउने दाँत मात्रै थियो । खासमा उनी रात्रिकालीन व्यवसाय गर्थे । बागबजारमा उनको टप भीआईपी डान्सबार थियो, जहाँ उनी युवतीहरूलाई नांगै नचाउँथे ।

जतिबेला काठमाडौं प्रहरी प्रमुख रमेश खरेल थिए, त्यसबेला ठूलो संख्यामा युवतीहरू राणाको डान्सबारबाट पक्राउ परे । अनुसन्धानको क्रममा खुल्यो– राणाले नै युवतीहरूलाई जबर्जस्ती नांगै नचाउन लगाएका रहेछन् ।

यही कारण उनी सात महिना जेल परे ।

पछि उनी गुण्डाका रूपमा चिनिए । मध्यबानेश्वरको एक होटलमा उनको हातमा खुकुरी प्रहार भयो । उनी गम्भीर घाइते भए । जो–जसले उनीमाथि खुकुरी प्रहार गरे, उनीहरूले सुपारीबापत ३० लाख रुपैयाँ लिएको खुलेको थियो ।

भनिन्छ, राणाको आतंक यतिसम्म थियो कि खरेल काठमाडौं प्रहरी प्रमुख छँदा राणालाई इन्काउन्टर गर्ने प्रयास भएको थियो । त्यसबेला दिनेश अधिकारी (चरी) चाहिँ इन्काउन्टरमा परे ।

राणा देउवा पत्नी आरजुको विश्वासपात्र हुन् । त्यही भएर प्युठान–२ बाट निर्वाचित हुँदै संसदीय राजनीतिमा आएका उनी दुई पटक प्रदेश मन्त्री हुँदै हाल प्रदेशकै सभापति बनेका हुन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *