`

सेल्फी खिच्दै भिडिओ बनाउने क्रममा भेरी नदीमा बेपत्ता भए दुई युवा

Nepal One HD ८ मंसिर २०८३ १७:००
समाचार

काठमाडौं । मोबाइलबाट सेल्फी खिच्दै भिडिओ बनाउने क्रममा भेरी नदीमा खसेर दुई युवा बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–७ का १८ वर्षीय हर्सित तमोली जयसवाल र आमिर अलि शाह रहेका छन् । उनीहरू घुमफिर तथा आफन्तसँग भेटघाटका लागि सुर्खेत पुगेका थिए ।

सुर्खेत प्रहरीका अनुसार भेरी नदीको पुलनजिक मोबाइलबाट भिडिओ बनाउने क्रममा उनीहरू नदीमा पसेपछि बगेका थिए । घटनाबारे सूचना पाएलगत्तै प्रहरीले खोजी सुरु गरेको थियो ।

बेपत्ता युवाको खोजीका लागि गोताखोरसमेत परिचालन गरिएको छ । तर, अहिलेसम्म उनीहरू फेला पर्न नसकेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *