विदेशस्थित बंगलादेशी दूतावास पुगे पनि शेख हसिना पक्राउ पर्ने
प्रमुख खबर
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना विदेशस्थित बंगलादेशका कुनै पनि कूटनीतिक नियोगमा पुगे पनि पक्राउ पर्ने भएकी छन्।
विदेश मामिलासम्बन्धी राज्यमन्त्री शमा ओबेद इस्लामले विदेशमा रहेका ८४ वटै कूटनीतिक नियोगलाई बंगलादेशकै भूभाग मानिने भन्दै हसिना जहाँ पुगे पनि पक्राउ गरिने बताएकी हुन्।
द डेली स्टारका अनुसार सरकारले हसिना डिसेम्बर १६ मा स्वदेश फर्किने तयारी गरिरहेको भन्ने खबरबीच उनलाई पक्राउ गरी जेल पठाउने अडान दोहोर्याएको हो। हसिनालाई स्वदेश ल्याउन भारतसँग कूटनीतिक संवाद भइरहेको पनि सरकारले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
