आनी छोइङको नियुक्तिविरुद्ध सर्वोच्चद्वारा कारण देखाउ आदेश
प्रमुख खबर
काठमाडौं । लुम्बिनी विकास कोषकी उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।
बुधबार न्यायाधीश रत्नबहादुर बागचन्दको इजलासले विपक्षीका नाममा १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो।
आनीको नागरिकता र आर्थिक कारोबारमाथि प्रश्न उठाउँदै नियुक्ति बदरको मागसहित रिट दायर गरिएको थियो। रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा मंसिर १४ गते दुवै पक्षबीच छलफल हुने भएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
