तनहुँको भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजी कार्य जारी
समाचार
काठमाडौं – तनहुँको आँबुखैरेनीमा पृथ्वीराजमार्गको भिरबाट खसेर चितवनका १५ वर्षीय विद्यार्थी बेपत्ता भएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङस्थित पृथ्वीराजमार्गबाट खसेर १५ वर्षीय अङ्कित गुरुङ बेपत्ता भएका हुन्।
चितवनको भरतपुर–६ चोकबजार निवासी गुरुङ पोखराबाट चितवन फर्किने क्रममा बसबाट ओर्लिएर शौच गर्न जाने क्रममा करिब ५०–६० मिटर तल भिरबाट खसेका हुन्।
घटनापछि प्रहरी निरीक्षक प्रदीप सुवेदीको नेतृत्वमा खटिएको १० सदस्यीय प्रहरी टोलीले खोज तथा उद्धार कार्य सुरु गरेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
