फिलिपिन्समा सनिबार पाँच सय ९१ जनामा कोरोना संक्रमण पुष्टी, २६ को मृत्यु

जीवनशैली/स्वास्थ्य

काठमाडों । फिलिपिन्समा शनिबार कोभिड १९ बाट २६ जनाको मृत्यु भएको छ । फिलिपिन्सको स्वास्थ्य विभागको अनुसार पाँच सय ९१ जना सङ्क्रमित र २६ जनाको मृत्यु भएको हो ।
यो समेत गरी यहाँ कोभिड महामारी सुरु भएदेखि अहिलेसम्ममा ४० लाखभन्दा बढी नागरिक सङ्क्रमित भएका बताइएको छ । यहाँ अहिले सक्रिय सङ्क्रमित १३ हजार मात्र भएपनि पछिल्लो समयमा कोभिडबाट हुने सङ्क्रमितको सङ्ख्या बढ्दै गएको देखिएको अधिकारीहरुले जनाएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट