`

कर्णालीमा आज मुख्यमन्त्रीकाे शपथ

Nepal One HD २८ पुष २०७९ १२:१५
राजनीति

सुर्खेत, २८ पुस । कर्णाली प्रदेशका  नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्मासहित थप ३ जना मन्त्रीले बिहीबार पद तथा गाेपनीयता शपथ  लिँदैछन् । बिहीबार अपरान्ह ३ बजे प्रदेश प्रमुख तिलक परियारबाट उनीहरु पद तथा गाेपनीयताकाे शपथ  लिने कार्यक्रम रहेकाे छ ।

माओवादी प्रदेश ईन्चार्ज कालीबहादुर मल्लका अनुसार माओवादीबाट दुई र एमालेबाट एक जना मन्त्रीले बिहीबार शपथ लिनेछन् ।मन्त्रालयकाे विषयमा छलफल सुरु भएकाे छ।


प्रतिक्रिया