घनश्याम भुसालले पाए सचिवालय सदस्यको जिम्मेबारी

राजनीति

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले नेता घनश्याम भुसाललाई सचिवालय सदस्यको जिम्मेबारी दिएको छ । शनिवार बसेको सचिवालय बैठकले नेता भुसाललाई सो जिम्मेवारी दिएको हो ।
बैठक पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बसेको थियो । यस बैठकले नेता भुसाललाई सो पदमा मनोनयन गर्ने निर्णय गरेको हो ।
बैठकले गरेको उक्त निर्णय आज नै बसेको स्थायी कमिटी बैठकले पनि अनुमोदन गरेको छ । बैठकमा नेता भुसालले यही पुस २९ गते स्वघोषणा गरी उक्त पार्टीमा आवद्ध भएर नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको अभियानमा क्रियाशील हुने बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट