आज देशभर आठौँ राष्ट्रिय योग दिवस मनाइँदै

NepalOne १ माघ २०७९ ९:४१
जीवनशैली/स्वास्थ्य

काठमाडौं – आज आठौँ राष्ट्रिय योग दिवस । देशभर ‘स्वस्थ जीवनको चाहना ः योग, शिक्षा र साधना’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं २०७२ सालदेखि नेपालमा योग दिवस मनाइँदै आइएको छ । विसं २०७२ साउन २८ गतेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेको थियो ।

नेपालका अभियानकर्मीहरूले योगको सुरुआत शिव र पार्वतीको संवादबाट सुरु भएको मानिएको बताउने गरेका छन् । शिव पार्वतीको वास नेपालकै हिमालय क्षेत्रमा रहेको अभियानकर्मी बताउछन् ।

योग वैदिक चिकित्सा पद्धति भएकाले अथर्ववेदमा ‘योगश्चित्तवृत्ति निरोधः’ अर्थात् मनमा आउने विभिन्न विषयलाई रोक्ने अभ्यास गर्नु नै योग भएको पनि बन्न थालिएको छ । योग दिवस मनाउन थालेपछि नेपालमा योग र आयुर्वेदको क्षेत्र विकसित समेत भनिएको छ ।


प्रतिक्रिया