पोखरा विमान दुर्घटना : उद्धारका लागि हेलिकोप्टर परिचालन, ५३ जना नेपाली नागरिक थिए

समाचार

पोखरा – आइतबार बिहान पोखरामा भएको विमान दुघर्टनामा उद्धारका लागि दुई वटा हेलिकोप्टर परिचालन गरिएको छ । साथै काठमाडौँ तथा पोखरा विमानस्थलमा खोज तथा उद्धार कार्यका लागि थप हेलिकोप्टरहरु तयारीका साथ राखिएको छ। स्थलमार्गबाट खोजी कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, विमानस्थल ‘रेस्क्यू एण्ड फायर फाइटिङ’ तथा नेपाल प्रहरी समेत संलग्न भइ उद्धार भइरहेको केन्द्रले जानकारी दिएको छ ।
केन्द्रका अनुसार विमानमा ५३ जना नेपाली नागरिक, पाँच जना भारतीय, चार जना रसियन नागरिक थिए । साथै आयरल्याण्डका एक जना, अर्जेन्टिनाका एक जना, कोरियाका दुई जना, फ्रान्सका एक जनाका साथै चार जना चालक दलका चार जना सदस्य थिए । चालक दलका सदस्यमा क्याप्टेन कमल केसी र अञ्जु खतिवडा थिए भनेविमान परिचारिकामा सृजना होङ्गचुन र ओसिन आले मगर थिए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट