प्रधानमन्त्री प्रचण्ड पोखरा जाने कार्यक्रम स्थगीत, यस्तो छ कारण !

समाचार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगाएतको टोली पोखरा जाने कार्यक्रम तत्कालका लागि स्थगीत भएको छ । प्रधानमन्त्री लगाएतको टोली घटनास्थलमा जाँदा भीडभाड हुने र त्यसका कारण उद्धारमा कठिनाइ हुने भएकाले तत्कालका लागि पोखरा जाने कार्यक्रम स्थगीत भएको हो ।
प्रधानमन्त्री, मन्त्रीहरु गइसकेपछि भीडभाड भएर असहज हुने र नियन्त्रण गर्न पनि अप्ठेरो हुने भएकाले नजाने निर्णय गरेको उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने जानकारी दिनुभयो । उहाले उद्धारका लागि कुनै कमीकमजोरी हुन नदिइएको समेत बताएका हुन् ।
यसअघि मन्त्रीपरिषद् बैठकपछि प्रधानमन्त्री लगाएतको टोली घटनास्थल जाने तयारी भएको थियो । जसका लागि हेलिकप्टर बालुवाटार गएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट