भक्तपुरमा करेन्ट सर्ट भई अण्डाको क्रेट बनाउने फ्याक्ट्रीमा आगलागी

भक्तपुर, १ माघ-भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ९ बोडे पेट्रोल पम्प ओरालोमा शनिबार राति आगलागी भएको छ ।भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ४ घर भई हाल भक्तपुर कटुन्जे बस्ने बर्ष ४० को राकेश सुवालले संञ्चालन गरेको नवदुर्गा पेपर फ्याक्ट्री (अण्डाको क्रेट बनाउने फ्याक्ट्री) मा आगलागी भएको हो ।एक्कासी करेन्ट सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरी, दमकल र स्थानियहरुको सहयोगमा आगो नियन्त्रणमा लिइसकेको छ ।
आगलागीबाट क्याक्ट्रीभित्र रहेका सामानहरु पूर्ण रुपले जली नष्ट भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । अन्डाको क्रेड बनाउने कागज ३ लाख बराबरको र जेनेरेटर १ थान १२ लाखको गरी कुल १५ लाख बराबरको सामानको क्षति भएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए । घटनाको सम्बन्धमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।