`

३५ वर्षदेखि जहाज उडाउँदै आएका पाइलट कमल केसी

Nepal One HD २ माघ २०७९ ७:३९
समाचार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६८ यात्रु लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि गएको यती एयरलाइन्सको विमान उडाउने चालक थिए पोखराका कमल केसी । केसी शालीन, भद्र स्वभाव भएका लामो अनुभव सँगालेका चालक हुन् ।

उनले आफ्नो उमेरको दुई तिहाइ समय आकाशमै बिताए । जीवनको ३५ वर्ष विमान उडाए । हजारौँ घण्टा आकाशमा उडे। एक पटक पनि सामान्य दुर्घटनासम्ममा नपरेका चालक केसीका लागि आइतबारको दिन जीवनकै पहिलो दुर्घटना थियो । यही नै उनको जीवनको अन्तिम र कहिल्यै फिर्ता नहुने दुर्घटनाको दिन भइदियो ।

विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि आइतबारको छैटौँ नम्बरको तालिकामा थियो । केसीका सहकर्मीहरूका अनुसार ३५ वर्षअघि सन् १९८८ मा नेपाल वायुसेवा निगममा सहचालकबाट चालकको करियर सुरु गरेका उनी सधैँ उड्डयन नियम अक्षरशः पालना गर्ने राम्रो पाइलट थिए ।यो खबर आजको राजधानी दैनिकमा छ ।


प्रतिक्रिया