पोखरामा विमान दुर्घटनामा परि ज्यान गुमाएका चालक दलका सदस्यसहित केहीको शव काठमाडौँ ल्याइने

समाचार

काठमाडौं – आइतबार बिहान पोखरामा यती एयरलाइन्स विमान दुर्घटनामा ज्यान गुमाएका विमान चालक दलका सदस्यसहित केहीको शव काठमाडौँ ल्याइने भएको छ । चालक
दलका सदस्य, विदेशी नागरिक र काठमाडौँ घर भएकाहरुको शव काठमाडौँ ल्याइने भएको हो ।
दुर्घटनामा ज्यान गुमाएका मध्ये पोखराका नागरिकको हकमा पोखरामै पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइनेछ भने काठमाडौँ ल्याइने शवको हकमा काठमाडौँमै पोस्टमार्टम गरिने बताइएको छ ।
दुर्घटनाग्रस्त विमानमा चालक दलका चार सदस्य र ६८ यात्रु गरी ७२ जना सवार थिए । हालसम्म ६८ शव फेला परिसकेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट