विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति यती एयरलाइन्स स्तब्ध

समाचार

काठमाडौँ – विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति यती एयरलाइन्स स्तब्ध बनेको छ । सोमबार बिहान जारी सूचनामा एयरलाइन्सले माघ १ गते आइतबार बिहान काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको ९ एन–एएनसी एटिआर–७२–५०० वायुयान सेती नदीको खोँचमा दुर्घटनाग्रस्त हुँदा दिवङ्गतभएकाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मृतक आत्माको चीरशान्तिको कामना गर्नुका साथै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
जारी सूचनामा दुःखद् घडीमा एयरलाइन्सले शोकाकुल परिवार, इष्टमित्रमा भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामनासमेत गरेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट