यती एयर विमान दुर्घटना : सेनाको हेलिकोप्टरमा ल्याइयो २५ वटा शव

समाचार

काठमाडौं । यती एयरको विमान दुर्घटनामा परेर निधन भएका मध्ये २५ वटा शव काठमाडौं ल्याइएको छ । यति एअरलाइन्सको एटिआर विमान दुर्घटनामा निधन भएका ७० जनामध्ये सेनाको एमआई १७ भी ५ एनए ०५३ हेलिकोप्टरमा ल्याइएका शवलाई पोष्टमार्टम तथा डिएनए परीक्षणको निम्ति महाराजगञ्जस्थित शिक्षण अस्पताल पुर्याइएको छ ।
पाइलट प्रमुख सेनानी राकेश लिम्बुको कमाण्डमा उडाइएको उक्त हेलिकोप्टर ११ बजे अस्पताल नजिकै भैरवनाथ गणको हेलिप्याडमा रोकिएको थियो । त्यहाँबाट शववाहनमा राखेर शव टिचिङ्ग अस्पताल पुर्याइएको छ ।
आइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको आरटीआर विमान सेती खोंचमा दुर्घटना भएको थियो । हालसम्म पोखरामा डाक्टर गणेश थापा र सदाकत मियाँको शव पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको छ । बाँकी २० जनाको शव आजै बुझाउने तयारी भइरहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया