विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्ने जसपाले बोलायो संसदीय दलको बैठक

राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालले वर्तमान विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्ने संसदीय दलको बैठक बोलाएको छ । समसामयिक राजनीतिक घटनाक्रमबारे आवश्यक धारणा तय गर्न बैठक बस्न लागेको हो ।
बैठक मंगलबार दिउँसो २ बजे पार्टी कार्यालयमा बस्ने पार्टी प्रचारविभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
जसपाले मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाउँदै सरकारमा नजाने अडान लिएपछि आजको शपथमा भाग लिएको छैन । जसपाबाहेकका मन्त्रीहरुले आजै राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । जसपामा ३४ जना सांसद छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट