सिभिल मलमा एक युवकले पेट्रोल छर्केर आफ्नै शरीरमा लगाए आगो

समाचार
काठमाडौं । काठमाडौंको सुन्धारास्थित सिभिल मलमा विशाल लामिछाने गुरुङले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीका अनुसार बिहीबार दिउँसो ११ः ४० मा २९–३० वर्षका गुरुङले मलको भुइँतलामा आफ्नै जीउमा आगो लगाएका हुन् ।उनको तत्काल उद्धार गरी उपचारका लागि राट्रिय ट्रमा सेन्टरमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए ।
प्रहरीका अनुसार उनले आफैँमाथि आगो लगाउनुको कारण खुलेको छैन । घटनाबारे प्रहरी वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट