`

वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

Nepal One HD ६ माघ २०७९ १५:१३
समाचार

काठमाडौं, ६ माघ । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सुधार आएसँगै उनी शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उपमहासचिव पुन ललितपुरको सुमेरु अस्पताल भर्ना भएका थिए । एक साताको उपचारपछि स्वास्थ्यमा सुधार आएसँगै अस्पतालले उनलाई डिस्चार्ज गरेको हो ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि रोल्पाबाट हेलिकप्टरमार्फत ल्याएर उनलाई अस्पताल भर्ना गरिएको थियो । लामो समयदेखि जन्डिसजन्य रोगबाट पुन पीडित छन्  ।

शुक्रबार नै सभामुख देवराज घिमिरे अस्पताल पुगेर पुनकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।


प्रतिक्रिया