नवलपुरमा दुई गैँडा मृत अवस्थामा फेला

समाचार
काठमाडौं – नवलपुरमा दुई गैँडा मृत फेला परेका छन् । मध्यविन्दु नगरपालिका–२ को नारायणी नदी किनारमा दुई गैँडा मृत अवस्थामा फेला परेको हो । शुक्रबार बिहान मृत अवस्थामा भेटिएका दुई गैँडामध्ये एउटाको खाग निकालिएको जनाइएको छ ।
गैडा चोरी शिकारीमा परेको हुन सक्ने आशङ्का गरिएको स्थानीयवासीले बताएका छन् । गैँडा मृत भेटिएको स्थानमा नेपाली सेनाले सुरक्षा दिइरहेको जनाइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट