`

पोखरा विमान दुर्घटना : पोस्टमार्टम सकियो, दुईवटा शवको पहिचान बाँकी

Nepal One HD ७ माघ २०७९ ७:५७
समाचार

काठमाडौं । गत आइतबार पोखरामा भएको विमान दुर्घटनाका मृतकमध्ये काठमाडौँ ल्याइएका ४९ वटै शवको पोस्टमार्टम सकिएको छ । पोस्टमार्टम सकिए पनि शवहरुको पहिचान भने हुन सकेको छैन । त्रिवि शिक्षण अस्पताल फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीले शुक्रबार रातिसम्ममा सबै शवको पोस्टमार्टम सकिएको जानकारी दिए ।

उनले त्रिवि शिक्षण अस्पतालमा भएको फरेन्सिक विज्ञहरूको टोलीले मात्र पोस्टमार्टम गर्न असम्भव भएपछि पाटन, भरतपुर, भक्तपुरलगायतका अस्पतालबाट फरेन्सिक विज्ञको टोली ल्याएर पोस्टमार्टम सकिएको जानकारी दिए ।

डा. चौधरीका अनुसार शुक्रबार थप दुईवटा शवको पहिचान भएको छ। ती दुई शव रसियन नागरिक रहेका छन् ।रसियन नागरिकको शव आफन्तले बुझिसकेका छन्। अघिल्लो दिनसम्म २५ जनाको शव पोस्टमार्टम भएको थियो।

तीमध्ये १६ शवको पहिचान भएको थियो। १६ शवमध्ये १२ शव आफन्तले बुझेका थिए। “पोस्टमार्टम सकिएको छ,” फरेन्सिक विभाग प्रमुख डा। चौधरीले भने, “अब शनिबारबाट शव पहिचानमा लाग्नेछौँ।”zयो खबर आजको गोरखापत्र दैनिकमा छ ।


प्रतिक्रिया