नागरिकता लिन आज जिल्ला प्रशासन जाँदै रवि लामिछाने

प्रमुख खबर

काठमाडौ – रवि लामिछानेले आज नेपाली नागरिकताको प्रमाणपत्र लिने भएका छन् । उनी नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका हुन् । गत माघ १३ गते सर्वोच्च अदालतले लामिछानेले कानुनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर सुनाएको थियो ।
अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै अदालतले रविले नेपाली नागरिकका रुपमा गरेका सबै कार्य अवैध हुने भनेको फैसला सुनाएको थियो । फैसलासँगै लामिछानेको मन्त्री तथा सांसद पद खारेज भएको थियो । साथै अदालतले उनको नागरिकता मान्य नभएको भन्दै अनागरिक घोषणा गरेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया