`

जुन जगमा प्रचण्ड प्रधानमन्त्री हुनुभयो, त्यही जगमा एमालेबाट प्रस्तावित व्यक्ति राष्ट्रपति हुन्छ : योगेश भट्टराई

Nepal One HD २८ माघ २०७९ १७:०१
राजनीति

काठमाडौं – नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले जुन जगमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुनुभयो, त्यही जगमा एमालेबाट प्रस्तावित व्यक्ति पनि राष्ट्रपति हुने बताउनुभएको छ ।

शनिबार एमाले निकट ताप्लेजुङ–काठमाडौं सम्पर्क मञ्चले प्रतिनिधि सभामा निर्वाचित सांसदलाई बधाई तथा शुभकामनाका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टराईले पुस १० कै सहमतिको जगमा प्रदेशमा मुख्यमन्त्रीहरु बनेको बताउनुभयो।

‘अन्यत्र सबैतिर पुस १० गतेकै सहमति अनुसार हुने तर राष्ट्रपति हुन नहुने किन ? उहाँको प्रश्न थियो  । उहाँले भन्नुभयो ‘कि त मुलुकमा अर्को राजनीतिक समीकरण निर्माण हुनुपर्‍यो। यदि यो राजनीतिक समीकरण आजको आवश्यकता हो र यो कायम छ भने राष्ट्रपति पदमा मात्रै त्यो खण्डित हुनुपर्ने औचित्य छैन।’

भट्टराईले फागुन २५ गते एमालेबाट प्रस्तावित व्यक्ति राष्ट्रपति निर्वाचित हुने र चैत २ गते सत्ता गठबन्धनकै व्यक्ति उपराष्ट्रपति निर्वाचित हुने बताउनुभयो ।


प्रतिक्रिया