साढे २ खर्बले घटायो सरकारले चालु आर्थिक वर्षको बजेटको आकार (पूर्णपाठ)

प्रमुख खबर

काठमाडौँ – सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । चालू आर्थिक बर्षको बजेटको आकार घटेर १५ खर्ब ५० अर्ब रूपैयाँ हुने भएको छ ।
गत जेठ १५ गते तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेश गरेका थिए । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आइतबार प्रतिनिधिसभामा बजेटको मध्यावधि समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोडमा झारेका हुन्। उनले बजेटको आकार २ खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशतले घटाएका हुन् ।
यस्तै राजस्व संकलनको लक्ष्य पनि घटाएर १२ खर्ब ४४ अर्ब ७५ करोड बनाइएको छ ।
यसअघि १४ खर्ब ३ अर्ब राजस्व संकलनको लक्ष्य लिइएको थियो । खर्च नहुने बजेट अर्थमन्त्रालयमा समर्पण गरेर पठाउनुपर्नेछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट