बुढीगण्डकी जलविद्युत् आयोजना हरहालतमा अगाडि बढाउँछौँ – नारायणकाजी श्रेष्ठ

राजनीति
काठमाडौं – उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले बुढीगण्डकी जलविद्युत् आयोजना हरहालतमा अगाडि बढाइने बताएका छन् । सोमबार जनयुद्ध दिवसको अवसरमा गोरखाको गण्डकी गाउँपालिकामा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बुढीगण्डकी आयोजनाले अहिले पनि ठोस रुपमा गति लिन नसके आयोजना निर्माण काम धेरै पछाडि पर्ने बताए । उनले भने “यसको निर्माण प्रक्रिया अगाडि बढ्छ, यो हाम्रो दृढता हो ।” उनले राजनीतिक परिवर्तनलाई माध्यम र साधन बनाएर सामाजिक र आर्थिक रुपान्तरणको प्रक्रियामा देशलाई लैजानुपर्ने बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट