`

महानगरले छोट्यायो सम्पत्ति भाडामा लगाउने ठेक्काको समयावधि, रकमको आधारमा बोलपत्र आह्वान गरिने

Nepal One HD ५ फागुन २०७९ १४:५६
प्रमुख खबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आय कर ठेक्का लगाउने समयावधि छोट्याएको छ । महानगरले आन्तरिक आय संकलन हुने शुल्क, दस्तुर तथा सम्पत्ति भाडामा लगाउँदा ठेक्का दिने प्रक्रिया कार्यविधि बनाएर छोट्याएको हो ।

महानगरले आय ठेक्का दिँदा यसअघि सार्वजनिक खरिद ऐन अनुसार ३५ दिने सूचनाबाट बोलपत्र आहवान हुँदै आएको थियो । महानगरले लगाउने आय ठेक्का कम्तीमा एक वर्षको लागि हुने ऐनमा उल्लेख रहेको छ ।

तर अब ठेक्का रकमको आधारमा बोलपत्र आह्वानको सूचना मिति तोकिने भएको छ । कार्यविधिमा महानगरले सार्वजनिक सूचना प्रकाशित गर्दा ठेक्का लगाउने अनुमानित रकम २० लाख रुपैयाँसम्म भए १५ दिनको, २० लाख भन्दा बढी १ करोडसम्मको भए २१ दिनको र १ करोड रुपैयाँभन्दा बढी जतिसुकै भए पनि कम्तीमा ३० दिनको सूचना सार्वजनिक रूपमा प्रकाशन गर्ने उल्लेख छ ।


प्रतिक्रिया