बालिका बलात्कार आराेपमा एक जना पक्राउ

NepalOne ११ फागुन २०७९ १५:१७
अपराध

म्याग्दी / १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगला गाउँपालिका-३ बरंजा बस्ने २० वर्षीय ओम राज थापालाई प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई थापाले २०७९ भदौ ५ गते सोही ठाउँस्थित ताराखेतदेखि सिरकुम जोड्ने झोलुङ्गे पुलनजिक झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बाबियाचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया