युएई जाने खेलाडीको सूचीमा परेनन् सन्दीप लामिछाने
प्रमुख खबर
काठमाडौं / युएईमा हुने खेल खेल्न सन्दीप लामिछाने नजाने भएका छन् । नेपाल क्रिकेट संघ क्यानले युएई जाने खेलाडीको सूचीमा सन्दीप लामिछाने परेका छैनन् । कानुनी अड्चन हुने भएपछि क्यानले सन्दीपको समावेश नगरेको स्रोतले बताएको छ । लामिछानेको ठाउँमा प्रतिस जिसीलाई राखेको छ सूचीमा ।
लिग टु अन्तर्गत १५ गते पहिलो खेल पपुवा न्युगिनीसँग खेल्ने नेपाली टोली १३ गते नै युएई जाँदैछन् । नाबालिग बलात्कारको आरोप लागेका सन्दीप लामिछानेको मुद्धा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । उच्च अदालतले धरौटीमा छाड्ने आदेश दिँदा सन्दीपलाई विदेश जान नपाउने उल्लेख गरेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
