`

भ्रष्टाचार, सामाजिक भेदभाव र कुसंस्कार दण्डनीय – ईश्वर पोखरेल

Nepal One HD २७ फागुन २०७९ २१:१२
राजनीति

काठमाडौं – नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भ्रष्टाचार, सामाजिक भेदभाव र कुसंस्कार दण्डनीय हुने बताएका छन् ।

शनिवार सप्तरीको राजविराजमा मिसन ग्रासरुटअन्तर्गत आयोजित पार्टी सुदृढीकरण तथा विस्तार अभियानको जिल्लास्तरीय कार्यकर्ता भेलामा पोखरेलले यस्तो बताएका हुन् । उनले समृद्धि र विकास निर्माणमा जननिर्वाचित प्रतिनिधिको भूमिका प्रभावकारी बनाउन जरुरी रहेको बताए।

यस्तै उक्त भेलामा एमाले सचिव रघुवीर महासेठले आगामी चुनावमा एमालेले ५१ प्रतिशतभन्दा बढी मत ल्याउने गरी तयारी सुरु गरेको बताए । एमाले पोलिटब्यूरो सदस्य रामदयाल मण्डलले मुलुकको समृद्धि, विकास र स्वाभिमानको रक्षाका लागि आफ्नो पार्टी जनतालाई एकताबद्ध गराएर अघि बढ्न तयार रहेको बताए ।


प्रतिक्रिया