माेटरसाइकलकाे ठक्करबाट एकजनाकाे मृत्यु

NepalOne ५ चैत २०७९ १०:५१
प्रशासन

ललितपुर /  ललितपुरको ग्वार्को चोकमा माेटरसाइकलकाे ठक्करबाट एकजनाकाे मृत्यु  भएकाे छ । 

मोटरसाइकलले ठक्कर दिएपछि मृत्यु साइकल यात्री ललितपुरको बाफल बस्ने काभ्रेपलान्चोकको बेथान्चोक गाउँपालि ढुङ्गखर्क घर भएका ३४ वर्षीय बुद्ध तिमिल्सिनाकाे मृत्यु भएकाे काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ । 

माेटरसाइकलकाे ठक्करबाट घाइते भएका उनको उपचारको क्रममा ग्वार्को स्थित बी एण्ड बी अस्पतालमा निधन भएकाे हाे ।  घाइते भएका मोटरसाइकलका चालक  धादिङको धुनिबेंसी नगरपालिका ७ घर भएका ३८ वर्षीय तुलसीराम गिरीको महांकाल स्थित राष्ट्रिय ट्रमा सेन्टर उपचार भइरहेको छ ।

बागमती प्रदेश ०२-००१ ब २२४७ नम्बरको मोटरसाइकलले साईकललाई ठक्कर दिएको थियो ।


प्रतिक्रिया