`

एमाले सिध्याउँछौं भन्ने भित्तामा पुगे – ईश्वर पोखरेल

Nepal One HD १५ चैत २०७९ ९:४७
प्रमुख खबर

काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताको माया र स्नेहले नै आफ्नो पार्टी समानुपातिक मतमा पहिलो भएको बताउका छन् ।

पार्टीले सञ्चालन गरिरहेको मिसन ग्रासरुट अन्तर्गत रौतहटमा जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा पोखरेलले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनलेएमालेलाई सिध्याउँछौं भन्नेहरूलाई निर्वाचनमार्फत जनताले भित्तामा पुर्‍याइदिएको बताए। अब आउने निर्वाचनमा स्पष्ट बहुमत ल्याउनेगरी पार्टीले योजनाबद्ध ढङ्गले काम गरिरहेको उनको भनाई थियो ।


प्रतिक्रिया