कैलालीबाट लागूऔषधसहित एक जना पक्राउ

प्रशासन

धनगढी – कैलालीबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भजनी नगरपालिका–७ चर्राका २३ वर्षीय इन्द्रबहादुर कठरिया लागूऔषधसहित पक्राउ परेका हुन् ।
शुक्रबार इलाका प्रहरी कार्यालय भजनीबाट प्रहरी निरीक्षक मानसिंह ऐरीको कमाण्डमा खटिएको प्रहरी टोलीले ३३ ग्राम लागूऔषधसहित कठरियालाई पक्राउ गरेको छ ।
उनलाई लागूऔषधसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
ताजा अपडेट