`

संसदबाट गृहमन्त्री श्रेष्ठको प्रतिबद्धता–मिटरब्याजपीडितलाई न्याय हुन्छ

Nepal One HD १९ चैत २०७९ १४:४३
राजनीति

काठमाडाैँ / उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजपीडितलाई न्याय दिलनउने प्रतिबद्धता जनाउनुभएकाे छ ।

आइतबार संसद बैठकमा सांसदहरूले मिटरब्याजपीडितहरूको समस्याबारे प्रश्न उठाएपछि उहाँले न्याय दिलनउने प्रतिबद्धता जनाउनुभएकाे हाे । 

‘आजको नेपालमा पनि सामन्तवादको अवशेष विद्यमान छ । त्योमध्ये एउटा मिटरब्याजी हो । पीडितहरूले आन्दोलन उठाइरहेका छन् ।  यो समस्या समाधान गर्नै पर्छ । जनता पीडित छन् । न्याय दिनुपर्छ । पीडाबाट मुक्त गर्नुपर्छ,’ उहाँले भन्नुभयाे । 

सामन्तवादको अवशेषको अन्त्य भएको सुनिश्चत गर्ने बताउनुभयाे । सरकार र पीडितपक्षबीच आयोग गठन गर्ने सहमति भएको संसदलाई जानकारी गराउनुभयाे ।


प्रतिक्रिया