रवि लामिछानेले पत्रकार हुँदा नेता खराब र नेता भएपछि पत्रकार खराब भने : विश्वप्रकाश शर्मा

प्रमुख खबर
काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पत्रकार हुँदा नेता खराब र नेता भएपछि पत्रकार खराब भनेको भन्दै आलोचना गरेका छन् ।
सोमबार प्रतिनिधि सभा सदस्य उपनिर्वाचको उम्मेदवारी दर्ताका विषयमा चितवन २ मा आयोजना गरिएको कार्यक्रमलाई सम्बोन गर्दै उनले यस्तो आलोचना गरेका हुन् ।
शर्माले भने , ‘आफै, वकिल, आफैँ न्यायाधीश बन्न मिल्छ, ‘रवि लामिछानेले हिजो पत्रकार हुँदा नेता खराब भने, आज नेता हुँदा पत्र खराब भन्दैछन् ।’
उनले निर्वाचनमा कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले चितवन २ मा जित हासिल गर्ने बताए। शर्मालाई नेपाली काँग्रेसले चितवन-२ मा खटाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट