`

रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ राेकियाे

Nepal One HD २१ चैत २०७९ १५:०५
राजनीति

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दाकाे सुनुवाइ राेकिएकाे छ । 

बहस सुरू नहुँदै न्यायाधीश अनिलकुमार सिन्हाले अघिल्लोपटक संवैधानिक इजलासबाट लामिछानेको मुद्दा फैसला हुँदा आफू पनि त्यस इजलासमा रहेको भन्दै हेर्न नमिल्ने बताएपछि आजको सुनुवाइ रोकिएको हो ।

सोमबार दर्ता भएको उक्त रिट न्यायाधीश सिन्हाको इजलासमा परेकाे थियाे । 

रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा चल्नुपर्ने मागसहित युवराज पौडेल सफलले सोमबार सर्वोच्चमा रिट दर्ता गराउनुभएकाे थियाे । 

प्रहरी प्रतिवेदनका आधारमा महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि पौडेलले रिट निवेदन दर्ता गराउनुभएकाे थियाे । 


प्रतिक्रिया