चोरी मुद्दाका फरार अभियुक्त पक्राउ
समाचार
धनगढी, २३ चैत – कैलाली प्रहरीले एक जना चोरी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ। बुधबार बिहान साढे नौ बजे धनगढी उपमहानगरपालिका-१३ कैलालीगाँउ बस्ने २२ वर्षीय नरेश चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
उनलाई चोरी मुद्दामा २०७६ जेठ १ गतेको सात दिन दिन कैद सजाय र १० हजार जरिवाना तोकिएकोमा फरार रहँदै आएका थिए। जिल्ला प्रहरी कार्यालय कार्यालयबाट खटिको टोलीले उनलाई घर नजिकैबाट नियन्त्रणमा लिएर कैलाली जिल्ला अदालतमा उपस्थित गराएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
