उदयपुुरमा ट्रकको ठक्करवाट मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु
समाचार
उदयपुर, २६ चैत । ट्रकको ठक्करबाट मोटरसाइकलको चालकको मृत्यु भएको छ ।
आइतबार बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिदा घटनास्थलमा ४३ वर्षीय तारणी मगरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन थापाका अनुसार मे.१ ख २१८४ नम्बरको ट्रकले प्रदेश नं १–०५–००१ प ६१५९ नम्बरको मोटरसाइकल चालक त्रियुगा नगरपालिका–१४ का मगरले चलाएको मोटरसाइकललाई गाईघाट बजारमा ठक्कर दिएको थियो ।
साे घटना पछि ट्रक चालकलाई नियन्त्रणमा लिईएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
