`

सन्दिप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश बरालको इजलासमा

Nepal One HD २६ चैत २०७९ ११:१२
प्रमुख खबर

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाई आज हुँदैछ ।

जिल्ला अदालत काठमाडौंले आज तोकिएको पेसी न्यायाधीश शंकरराज बरालको इजलासमा परेको हो ।

यसअघि दुईपटक तोकिएको पेशी लगातार स्थगित भएका थिए । गत बिहीबार तोकिएको पेशीलाई सुनवाइ गर्न समयअभावका कारण नभ्याइनेमा राखिएको थियो ।

जिल्ला अदालतको २ नम्बर इजलासमा परेको पेशी ३ नम्बरमै पालो परेको छ ।


प्रतिक्रिया