राष्ट्रिय सभाबाट दुईवटा विधेयक पारित

NepalOne २७ चैत २०७९ १५:५५
प्रशासन

काठमाडौं / राष्ट्रिय सभाले सोमबार दुईवटा विधेयक पारित गरेको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकले   भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७६ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०७६ सर्वसम्मत पारित गरेको हो । 

सो विधेयक राष्ट्रिय सभामा उत्पत्ति भएका हुन् । अब दुवै विधेयकसन्देशसहित प्रतिनिधि सभामा पठाइनेछ ।

राष्ट्रिय सभाको अर्को बैठक ३० चैत बिहीबानर दिउँसो १ः०१ बजे बस्नेछ।
 


प्रतिक्रिया