`

सिन्धुलीमा कार दुर्घटना हुँदा ४ भारतीय नागरिकको ज्यान गयो

Nepal One HD २९ चैत २०७९ ८:०५
समाचार

काठमाडौं – सिन्धुलीमा कार दुर्घटना हुँदा ४ भारतीय नागरिकको ज्यान गएको छ । गए राति बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका(३ गढीगेट नजिक भारतीय नम्बरप्लेटको बीआर०६ डिडी ०६८७ कार दुर्घटना भएको हो ।

दुर्घटनामा ४ जनाको ज्यान गएको हो भने एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । राजमार्गको भिर भएको स्थानमा कार सडकबाट पाँच सय मिटर तल खसेको जनाइएको छ । कारमा सवार ५ जनाको परिचय खुली नसकेको जनाइएको छ ।


प्रतिक्रिया