`

कैलालीबाट १५ जना जुवाडे पक्राउ

Nepal One HD ३० चैत २०७९ ७:५४
समाचार

धनगढी, ३० चैत – कैलालीबाट प्रहरीले १५ जुवाडेलाई पक्राउ गरेको छ। टिकापुर नगरपालिका–१ ब्लक नं. १४ का खडक बहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय टिकापुरको प्रहरी टोलीले जुवाको खालबाट ३१ हजार ६९५ रुपैयाँसहित ५ जनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा टिकापुर नगरपालिका १४ वस्ने वर्ष ४६ का खडक बहादुर शाही, १४ वस्ने वर्ष ५६ का उदय राब ढुङगाना, दौलतपुरका वर्ष ५३ का सूर्य बहादुर कालुङमगर, वडा नम्बर १ का वर्ष ५६ का बिक्रम बहादुर खड्का र सोही वडाका वर्ष ३२ का प्रेम देउवा रहेका छन्।

त्यस्तै सोही  ठाउँकै  वडा नम्बर १ का वर्ष ६८ का दील प्रसाद शेरचनले सञ्चालन गरेको ३ तले न्यु ब्रान्च होटलमा जुवाको खालबाट १ लाख १४ हजार ९५ सहित १० जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय टिकापुरमा राखि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ।

कैलाली टिकापुर नगरपालिका १ वस्ने वर्ष ६८ को दिल प्रसाद शेरचन,वर्ष ६६ का टंक बहादुर रावल, वर्ष४९ को देब बहादुर रावल, वर्ष ६३ को चक्रकान्त तिमिल्सेना, ५३ वर्षका हमाल,४८ वर्षका नरेश रावल,५३ वर्षका हस्त बहादुर शाही, ५० वर्षका दल बहादुर साँउद, ५८वर्षका हिरालाल कोईराला र ६३ वर्षका लोक बहादुर साँउद रहेका छन्।


प्रतिक्रिया