महासंघको चुनाव दोस्रो चरणमा, वरिष्ठ उपाध्यक्षमा अञ्जन र उमेश भिड्ने


काठमाडौं / कसैले पनि ५० प्रतिशत मतभार नकटाएपछि नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदको निर्वाचनमा दोस्रो चरणको निर्वाचन हुने भएको छ । कुनै एक उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत पुर्याएनन् भने पहिलो र दोस्रो हुनेबीच पुनः प्रतिस्पर्धा हुने व्यवस्था छ ।
दोस्रो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत पाएका दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने छ । अध्यक्ष पदमा रामचन्द्र संघाई, अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ बीच प्रतिस्पर्धा थियाे । अब अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच पुनः प्रतिस्पर्धा हुने छ
अञ्जनले ३७.९९ प्रतिशत मत ल्याउनुभयाे भने उहाँका निकटतम प्रतिस्पर्धी उमेशलालले ३१.७१ प्रतिशत मत पाउनुभयाे । ३०.४६ प्रतिशत मत पाउनुभएका संघाइ दोस्रो चरणको प्रतिस्पर्धाबाट बाहिरिनुभएकाे छ ।
महासंघमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ ।
निर्वाचनले आगामी ३ वर्षका लागि वरिष्ठ उपाध्यक्षसहितका केन्द्रीय सदस्यको नयाँ नेतृत्व चयन गर्नेछ । हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः अध्यक्ष हुँदैहुनु हुन्छ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएकाले महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षलाई महत्वका साथ हेरिँदै आएको छ ।