`

मुलुकमा बिदेशी हस्तक्षेप बढेको छ : मुख्यमन्त्री गिरी

Nepal One HD २ वैशाख २०८० १६:३७
राजनीति

काठमाडौँ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मुलुकमा बिदेशी हस्तक्षेप बढेको बताएका छन् ।

शनिबार बुटवलमा प्रेस चौतारी नेपाल रुपन्देहीको २४ औं साधारणसभामा बोल्दै गिरीले बामपन्थी दलहरु विभाजित हुंदा राष्ट्रियता कमजोर भएको बताउदै केही दलहरु वामपन्थीको नाममा विदेशी शक्तिको स्वार्थमा लागेको आरोप लगाएका हुन् ।

उनले देशमा राजनीतिक अस्थिरताका कारण जनताका समस्याहरु समाधान नहुदाँ संघीयताको नै औचित्य छैन भन्ने आवाज उठ्न थालेको धारणा राखे । मुख्यमन्त्री गिरीले नेकपा एमाले नेतृत्वको सरकारले राष्ट्रियताको पक्षमा गरेका राम्रा कामको समेत उचित प्रचार नभएको गुनासो गर्दै मिडियाले राष्ट्रियताको पक्षमा दह्रो वकालत गरेर जनमत बनाउनुपर्नेमा जोड दिए ।

गिरीले देशको राष्ट्रियता गुम्ने खतरा रहेको बताउदै पत्रकारहरुलाई अस्थिरताबाट फाइदा लिने शक्तिका विरुद्ध पनि कलम चलाउन आग्रह गरे ।


प्रतिक्रिया