`

कैलालीमा कोरोना सङ्क्रमणबाट ७३ वर्षीया वृद्धाको मृत्यु

Nepal One HD ३ वैशाख २०८० १०:१५
जीवनशैली/स्वास्थ्य

काठमाडौँ – कैलालीमा कोरोना सङ्क्रमणबाट ७३ वर्षीया वृद्धाको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित वृद्धाको आज मृत्यु भएको अस्पतालले जानकारी दिएको हो । अस्पतालको अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया वृद्धाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो।

मुटुको बिरामी रहेकी उनलाई चैत २६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। अस्थायी कोरोना अस्पतालमा आइसियुमा उपचार भइरहेको अवस्थामा उनको आज मृत्यु भएको हो ।


प्रतिक्रिया