नेपाललाई मलेसियाले दियो २३६ रनको लक्ष्य, सोमपाल र सन्दीपले लिए ३–३ विकेट

खेलकुद

काठमाडौं / एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालविरुद्ध मलेसियाले २३६ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनाएको हो ।
मलेसियाका लागि कप्तान अहमद फैजले सर्वाधिक ७६ रनको पारी खेले । मलेसियालाई सम्मानजनक स्थितिसम्म लैजाने क्रममा विरेनद्वीप सिंहले ४६ रन ,मोहमद अमिरले १७ रन , सायद अजिज १३ रन, खिजार हायात २२ रन को योगदान गरे ।
नेपालको बलिङमा सोमपाल कामी र सन्दीप लामिछानेले तीन–तीन विकेट लिए । ललीत राजवंशीले दुई विकेट लिँदा गुलसन झाले एक विकेट लिए ।
प्रतिक्रिया