एक दर्जन भन्दा बढि द्वन्द्वपीडित पक्राउ 

NepalOne ५ वैशाख २०८० १३:००
प्रमुख खबर

काठमाडौं – काठमाडौंको नयाँबानेश्वरमा प्रदर्शनमा उत्रिएका द्वन्द्वपीडितहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

संक्रमणकालीन न्यायसम्बन्धी सरकारद्वारा प्रस्तावित विधेयकले पीडितलाई न्याय नदिने भन्दै उनीहरू लगातार आन्दोलित छन् । सोमबार आन्दोलनको क्रममा प्रहरीले उनीहरूमाथि बल प्रयोग गर्नुका साथै नयाँबानेश्वरको एभरेष्ट होटल अगाडिको सडकबाट करिब एक दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

पीडकलाई उन्मुक्ति दिने गरी विधेयक ल्याइएको भन्दै उनीहरूले टीआरसी विधेयक संशोधनको माग गरेका छन् ।


प्रतिक्रिया